पछिल्लो २४ घण्टामा थप १२ सय चार जनामा कोरोना संक्रमण पुष्टि, ११ संक्रमितको मृत्यु

काठमाडौं :नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १२ सय चार जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार आज देशभरबाट १४ सय ४७ संक्रमित डिस्चार्ज भएका छन्। आज देशभर सक्रिय संक्रमित १७ हजार १ सय ७९ जना छन्। त्यस्तै आजको पिसिआर १० हजार ३ सय ३३ रहेको गौतमले जनाए। यस्तै, पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको कोरोनाकै कारण मृत्यु पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको छ।