देवघाटमा ब्याडमिन्टन कोर्टको उद्घाटन

आशिक राना
देवघाटः तनहूँको देवघाटमा संविधान दिवसको अवसर पारेर ब्याडमिन्टन कोर्टको उद्घाटन गरिएको छ । देवघाट ब्याडमिन्टन संघको आयोजनामा शनिबार संविधान दिवसको शुभकामना तथा ब्याडमिन्टन कोर्टको उद्घाटनका साथै देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटालाई स्वागत गरिएको हो ।
कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले कोरोना भाईरसले विश्वमा महामारीको रुपमा फैलिएको समयमा पनि देवघाट युवा तथा खेलकुद समिति र देवघाट ब्याडमिन्टन संघले ब्याडमिन्टन कोर्टको निर्माण गरेकोमा प्रशंशा गरेका थिए । गाउँपालिकाको समृद्ध बिकासको लागी आफुले कुनै पनि कसर नराखी निरन्तर लागि पर्ने थापाले बताए । अध्यक्ष थापाले देवघाटका युवाहरुको सुखदुःखमा सधैं सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रमका देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले देवघाट ब्याडमिन्टन संघले संविधान दिवसको दिन पारी कार्यक्रमको आयोजना गरि आफुलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा देवघाट गाउँपालिकाको खेलकुद बिकासको लागि सहकार्य गरि अगाडि बढ्ने बताएका छन् । शनिबार दुई वटा ब्याडमिन्टन कोर्ट उद्घाटन गरिएको थियो । ब्याट मिन्टन कोर्ट निर्माणका लागि करिब दुई लाख १५ हजार रुपैयाँ खर्च भएको देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।
देवघाट ब्याडमिन्टन संघका संरक्षक तथा खेलप्रेमी समाजसेवी चन्द्रप्रकाश दवाडी र देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङले शुभकामना मन्तव्य राखेको कार्यक्रममा देवघाट ब्याडमिन्टन संघका उपाध्यक्ष बल बहादुर क्षेत्रीले स्वागत गरेका थिए ।
सो कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेल, देवघाट–५ का वडाअध्यक्ष याल बहादुर गुरुङ, देवघाट गाउँपालिका नेकपा पार्टी अध्यक्ष भुवनसिङ्ग गुरुङ, ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्वलराज चिलुवाल, देवघाट साझेदारी प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारती, देवघाट सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी, देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्त, देवघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष सान श्रेष्ठ, देवघाट ब्याडमिन्टन संघका सल्लाहकार नर बहादुर घर्ती र देवघाट–५ को वडा खेलकुद समितिका अध्यक्ष अमर फेवाली लगाएको उपस्थितिे थियो ।
देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशिक रानाले गरेका थिए ।