संविधान दिवसको अवसर पारेर कारागार चितवनका १७ कैदी छुटे

चितवन :  संविधान दिवसको अवसर पारेर कारागार कार्यालयका चितवनबाट आधा सजाय भोगेर १७ जना छुटेका छन् । संविधान दिवसको अवसर पारेर ५० प्रतिशत कैद भुक्तानी गरेका असल आचरणमा आएका उनीहरु शनिबार छुटेका हुन् । यसरी छुट्नेमा सावरी ज्यानका १२ जना, कर्तव्य ज्यानका २ जना, ज्यान मार्ने उद्योग, आत्महत्या दुरुस्ताहन, चोरीका एक एक जना छन् ।

कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले कैद सजाय मिनाहा भएकालाई घर पठाइएको बताउनुभयो । उहाँका अनुसार चितवनका २, नवलपरासीका ३ जना छन् । यस्तैसोलुखुम्बु, तनहुँ, कैलाली, सुनसरी, धादिङ, गोर्खा, काभ्रे, बर्दिया, मकवानपुर, बारा, डोल्पा र दोलखाका एक एक जना छन् । सरकारले संविधान दिवसको अवसरमा वर्षेनी कैदीको कैद मिनाह गर्ने गर्छ । कारागारमा हाल ६ सय ६७ जना कैदी थुनुवा छन् । ४ सय ३ जना कैदी र २ सय ६४ जना थुनुवा छन् ।

३ जना बालबालिका आश्रित छन् ।