चितवनमा सर्पले डस्दा १ बालक मृत्यु, २ जना गम्भीर

चितवन : पश्चिम चितवनमा विषालु सर्पले डसेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ शरदानगर बस्ने रुबी सुनारको छोरा २ वर्षीय रायन रामदाम रहेका छन् ।
सुतिरहेको अवस्थामा सर्पले डसेपछि बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज विहान ५ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । सर्पले डस्दा मृतकको आमा २६ वर्षकी रुबी सुनार गम्भिर घाईते भएकी छिन् । सुनारको सरकारी अस्पतालमा उपचार भईरहेको छ । त्यस्तै सर्पले डस्दा ५६ वर्षकी केशरी बि।क। को अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।