लियो क्लव अफ गीतानगर र रत्ननगर पिसको तिन दिने संयुक्त आईटी वर्कशप सुरु

भरतपुर। लियो क्लवले अनलाईन मार्फत तिन दिने आईटी वर्कशप सुरु गरेको छ । लियो क्लव अफ गीतानगर र लियो क्लव अफ रत्ननगर पिसले संयुक्त रुपमा शुक्रवार देखि अनलाईन मार्फत गरेको हो । जुम मार्फत भएको वर्कशपको पहिलो दिन वर्डप्रेस डिजाईनर मनिस कंडेलले प्रशिक्षण गर्नु भएको थियो । यस्तै शनिवार ग्राफिक्स डिजाईनर गोविन्द आचार्य र आईतबार टेलि कम्युनिकेशन ईन्जिनियर राजु ढकालले प्रशिक्षण दिने कार्यक्रम रहेको लियो क्लव अफ गीतानगरका अध्यक्ष संजिव ओझाले जानकारी दिनुभयो।

तालिमा हरेका दिन २ बजे देखी ४ बजे सम्म हुने समेत उहाँले जानकारी दिनु भयो । तालिमको शुक्रवार लायन्स क्लवका जिल्ला विस्तारक कमल प्रसाद श्रेष्ठले उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लवका जिल्ला विभागीय प्रमुख कृष्ण लाल श्रेष्ठ, लियो काउन्सिल ३२५ वि २ का जिल्ला अध्यक्ष कुबेर पाठक लगायताले शुभवकामाना व्यक्त गर्नु भएको थियो ।

कोरोनाका कारण फुसर्दिला धएका क्लवका सदस्यहरुलाई प्रविधिको उच्चतमा प्रयोग गर्न सिकाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको लियो क्लव अफ रत्ननगर पिसका अध्यक्ष सुवास अर्याल ले जानकारी दिनुभयो । कार्यक्रमको संयोजकको रुपमा प्रसान्त कोइराला र दर्शन क्षेत्री रहनु भएको थियो ।