चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित महिलाको मृत्यु

चितवन : कोभिड १९ कोरोना संक्रमणको कारण चितवन मेडिकल कलेजमा आज बिहान एक महिलाको मृत्यु भएको छ । रौतहट चन्द्रपुर नगरपालिका घर भएकी ६० वर्षिय महिलाको मृत्यु भएको महिलाका आफन्तले जानकारी दिएका छन ।

बिरामी भएर केही दिनदेखी उपचार गराउदै आएको उनमा निमोनियाबाट पीडित भएकी थिइन । भेन्टिलेटरमा राखेर उपचार गराउदै आएको उनमा स्वासप्रस्वास को समस्या देखिएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनु भयो । उनको बिहान ५ बजे मृत्यु भएको थियो ।