५ नयाँ कोरोना संक्रमित चितवनमा थपिए

 

चितवन : चितवनमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा रत्ननगर, खैरहनी र राप्तीका क्वारेन्टिनमा रहेका पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका–५ का २७ वर्षीय पुरुष रहेका छन् । यस्तै खैरहनी नगरपालिका वडा नं।४ र २ का ४३ र ३२ वर्षका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै राप्ती नगरपालिका–६ का २४ वर्षीय पुरुष र २२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।