चितवन प्रहरीको एक्सन : एक क्विन्टल गाँजा तस्कर गर्ने पल्सर मोटरसाईकलसहित २ जना सार्वजनिक (भिडियो)

चितवन : चितवन प्रहरीले लागुऔषध गाँजा तस्करको नियन्त्रणमा चालेको अप्रेशन प्रभावकारी हुदै गएको छ । जसको फलस्वरुप चितवन प्रहरीको टिमले आज एक क्विन्टल गाँजासहित एक पल्सर मोटरसाईकल र २ जनालाई पक्राउ गरि सार्वजनिक गर्न समेत सफल बनेको छ । गाँजाको तस्करीमा संलग्न रहेको आरोपमा राप्ती नगरपालिका ११ आँपपानी बस्ने २५ वर्षीया दोर्जे तामाङ र राप्ती नगरपालिका ११ स्थायी घर भई हाल पदमपुर बस्दै आएका २४ वर्षीया पदमबहादुर मोक्तानसहित पल्सर मोटरसाईकल समेत वरामद गरेको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले आज आयोजित पत्रकार सम्मेलन जानकारी गराए ।

चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङका अनुसार गत, भदौ २१ गते राती साँढे एक बजे राप्ती नगरपालिकाको वर्डा नम्बर ८ स्थित दवाडी चोकमा रहेको पम्पा खोला नजिक प्याक गरेर राखिएको अवस्थामा एक क्विन्टल गाँजा बरामद गरेको थियो । सो, क्रम्मा गाँजा बरामद भएपनि अभियुक्तहरु भने कोही पक्राउ परेका थिएनन् ।

स्थानीयले दिएको जानकारी अनुसार खोजतलासमा जुटेको प्रहरीले दोर्जे र मोक्तानलाई भण्डाराबाट समात्न सफल भएको प्रवक्त डिएसपी थापाले बताए । घट्नास्थलमा ना ३९ प। २२५८ नम्बरको मोटरसाइल प्रयोग भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बिहिबार दिउँसो पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुलाई हिरासतमा राखी अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी प्रमुख गुरुङले बताए । प्रहरी स्रोतका अनुसार गाँजा कारोबारमा बाबुराम तामाङ भने फरार रहेकोले उनको व्यापक खोजीकार्य भइरहेको छ ।

पछिल्लो समय गाँजा खेतीविरुद्ध चितवन प्रहरी कठोर रुपमा लागे पनि यसले पूर्णता पाउन सकिरहेको छैनन् । हजारौंको बिघामा लगाइएको गाँजा खेती स्थानीय प्रशासनले तोड्दै आए पनि यस्ले अझै पनि निरन्तरता पाइरहेको छ । विशेष गरी राप्ती नगरपालिकाको वर्डा नम्बर ११, १२ र १३ को पहाडी गाउँमा व्यपाकमात्रामा गाँजा खेती हुँदै आएको छ ।