सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर नेपालमा ६ रेक्टरको भूकम्प

चितवनः आज (बुधबार) बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर भूकम्प आएको छ ।

सिन्धुपाल्चोकको राम्चे आसपासको क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्दका प्रमुख लोकविजय अधिकारीले सौराहा अनलाइनलाई जानकारी दिनुभयो । सो भूकम्प ६.० रेक्टर स्केल मापन गरिएको समेत उहाँले जानकारी दिनुभयो । ६.० रेक्टरसम्मको भूकम्पले खासै ठूलो क्षति नपुर्याउने अधिकारीको भनाइ छ ।

यसअघि नेपालमा भदौ महिनामा मात्रै १९ र २४ गते समेत भूकम्पको धक्का महसुस गरिएको थियो । भदौ २४ गते संखुवासभा केन्द्रबिन्दु भएर ४.० रेक्टर स्केटलको भूकम्प आएको थियो । त्यस्तै, भदौ २४ गते धादिङ केन्द्रबिन्दु भएर ४.० रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा साना भूकम्पहरु हरेक महिनामा दुई/तीन पटक आइरहेका छन् ।