खैरहनीमा कोभिड १९ को अवस्था : ७१ जना संक्रमित ,२ को मृत्यु

ध्रुवराज खनाल, चितवन : चितवनको खैरहनि नगरपालिकामा हाल सम्म ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन महिनाको अबधिमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । खैरहनिमा एक डाक्टरमा पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
त्यस यता भदौ २९ गते सम्म ७१ जनामा पुष्टि भएको हो । खैरहनिमा हाल सम्म कुल ९९७ जनामा नमुना परिक्षण गरिएको छ । संक्रमित मध्य १५ जना निको भएर घर फर्किएका छन भने ५४ जना सकृय अबस्थामा रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण पुष्टि भएका खैरहनिका २ जनाको मृत्यु भएको छ ।
उनिहरु दुबै जना महिला हुन । संक्रमण देखिएका प्राय धेरै होम आइसोलेसनमा छन । मंगलबार सम्म ३२ जना होम आइसोलेसनमा रहेका छन । त्यस्तै सामुदायिक आइसोलेसनमा १२ जना र अस्पताल आइसोलेसनमा १० जना छन । लक्षण नदेखिएका संक्रमितलाई सामुदायिक र होम आइसोलेसनमा राख्ने गरिएको छ । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले लक्षण नदेखिएकालाइ घरमै वा सामुदायिक आइसोलेसनमा राख्न प्रेरित गरिएको बताए ।
अस्पतालको चापलाइ ध्यान दिदै होम आइसोलेसननै जोड दिएका छौ नगर प्रमुख चौधरीले भने – लक्षण नदेखिएका घरमै सुरक्षित रुपमा परिवार संग बस्दा उनिहरुमा आत्मबल बढ्छ ,जसले रोगलाइ चांडै परास्त गर्न मद्दत पुग्छ ।
पुर्बी चितवनका चार वटा नगरपालिकाले रत्ननगर ५ टरौलिमा रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तालिम तथा अनुसन्धान केन्द्रको भवनमा आइसोलेसन सेन्टर बनाएका छन ।
खैरहनी नगरपालिकाले बाहिरी जिल्लाबाट र बिदेशबाट आएकाहरुलाइ राख्न राधा स्वामी ब्यास नेपाल,दुर्गामन्दिर स्थित खानेपानी कार्यालयको खाली भवन र खैरहनी नगरपालिकामा सामुदायिक क्वारेन्टाइन बनाएको छ । हाल ती क्वारेन्टाइनमा २८ जना रहेका छन् ।