नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा, हट्यो पहिरो चारकिलोको

चितवन :  सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको  दुईतनारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाटर्फी रुपमा सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा झरेको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो ।

सडक आयोजनाका इन्जिनियर शिव खनालले डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको बताए । सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो ।