बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा  सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफरिस गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले बामदेवलाई राष्ट्र्पतिबाट मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा बामदेवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई सरकारले सिफारिस गर्न लागेको जानकारी गराएका थिए ।

नेकपा सचिवालय बैठकले भने गत फागुनमै गौतमलाई सिफारिस गरेको थियो ।