गीत- जिन्दगीमा मैले केही

नवराज बुढा “नवीन उदासी”,

जिन्दगीमा मैले केही, गर्न सकिन।
‘उदासी’ मनमा खुसी, भर्न सकिन।

रोकियो पाइला, बिझे काँडा जति।
बढ्नै सकिन, हताएर बाधा जति।
परिस्थितिमा अल्झि, सर्न सकिन।
‘उदासी’ मनमा खुसी, भर्न सकिन।

मनमा चोट भए’नी, देखाउँछु हाँसेर।
मनको रहर बसेछु, मनभित्रै साँचेर।
दु:खको सागरमा, दुबेर तर्न सकिन,
‘उदासी’ मनमा खुसी, भर्न सकिन।

जिन्दगीमा मैले केही, गर्न सकिन।
‘उदासी’ मनमा खुसी, भर्न सकिन।