गजल : उता कसैको दबाबमा छु….

डा. घनश्याम परिश्रमी,

उता कसैको दबावमा छु

यता म तिम्रो अभावमा छु

 

तिमी खुसीको उचाइमा छौ

यहाँ म हरदम तनावमा छु

 

सवाल धेरै ग‍र् यौ तिमीले

म अल्झिएकाे जबावमा छु

 

तिमी समुद्री किनारमा छौ

म गण्डकीकाे बहावमा छु

 

नचिन्न सक्छौ सिधै मलाई

अचेल अर्कै नकावमा छु

 

तिमी खुला छौ स्वतन्त्रतामा

म कामकाे नै लगावमा छु