कुकुरको उद्दार गर्न १५ लाख खर्च गरेर विमान चार्टर्ड !

कोरोना भाइरसको महामारीका बेला लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् ।

विभन्न देशमा अलपत्र आफ्ना नागरिकको विश्वका विभिन्न मुलुकले उद्दारको पहल जारी राखेका छन् ।

अलपत्र नागरिकको उद्दार हुन नसकिरहेको समयमा एउटा कुकुरको उद्दारका लागि विमान चार्टर गरिएको समाचार सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मालिकबाट टाढिएको कुकुरलाई आफ्नो घर लिएर जानको लागि मालिकले १५ लाख ९ हजार रुपैयाँ खर्च गरेका थिए ।

मुम्बईकी दिपीका सिंह नाम गरेकी एक महिलाले दिल्लीमा कारणवश छुटेको आफ्नो कुकुरलाई यति धेरै खर्च गरेर विमान चार्टरद्धारा फिर्ता ल्याएकी थिइन् ।

उनले स्पेशल ६ सिटर प्राईभेट जेट बुक गरेकी थिइन् । उनी मुम्बईमा बस्दै आएकी छन् ।