पक्राउ परेकी अभिनेत्री रियालाई जेलमा सारियो

एजेन्सी : लागुऔषध सेवन र ओसारपसारको मामिलामा मंगलबार पक्राउमा परेकी अभिनेत्री रिया चक्रवर्तीलाई बुधबार मुम्बइमै रहेको बाइकुला जेलमा पठाइएको छ ।

उनले एनसीबीले लिएको तेस्रो बयानमा सुशान्तका लागि ड्रग्स किन्‍ने गरेको र कहिलेकाहीँ सेवन पनि गर्ने गरेको स्वीकारेकी थिइन् ।

जसपश्चात उनलाई एनसीबीले पक्राउ गरेको हो । अदालतले मंगलबार रियाको जमानत आवेदन खारेज गरेको थियो । उनलाई मंगलबारको राति एनसीबीको कार्यालयको जेलमै राखिएको थियो । उनलाई नारकोटिक ड्रग्स र साइकोट्रपिक पदार्थ ऐनको धारा २७(ए), २१, २२, २९ र २८ अन्तर्गत पक्राउ गरिएको थियो ।

एनसीबले भनेको छ,“उनी ड्रग्स सिन्डिकेट र सुशान्तका लागि ड्रग्स ओसारपसारमा सक्रिय थिइन् । उनलाई तीन दिनको सोधपुछपछि पक्राउ गरिएको हो ।”

रियाका साथै ड्रग्सको मामिलामा एनसीबीले रियाका भाई सोविक, सुशान्तका अपार्टम्यान्टका म्यानेजर साम्युएल मिरान्डा र घरका कामदार दिपेश सावन्तलाई पनि नियन्त्रणमा लिएको छ । -बलिउड हंगामा