चितवन निकुञ्जमा ५ बर्षपछि गोली लागेर गैडा मृत

 

चितवन : राष्ट्रिय निकुञ्जमा लामो समयपछि गोली लागी दुर्लभ एक सिगे गैडा मृत फेला परेको छ । विगतमा कालगति र विभिन्न कारण गैडा मर्ने गरेकोमा यो पटक भने गोलीसहित गैडा मृत भेटिएपछि संरक्षणमा समेत चुनौती थपिएको छ ।

निकुञ्जको पश्चिम सेक्टर अन्र्तगतको नारायणी नदीको टापु लौखानी पारी भनिने स्थान नजिकै पर्ने रातोपानी घोलमा गैंडा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी गराए ।

रातोपानी घोल भन्ने स्थानमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको र बरालले गएको भदौँ २१ गते गैडा मृत भेटिए पनि आज मात्रै गोली लागेर गैडा मृत भेटिएको बताए । यसअघि २०७३ साल चैत महिना तस्कारको गोली लागि निकुञ्ज मुख्यालय नजिक गैडा मृत भेटिएको थियो ।
गोली लागेको गैडाको खाग र खुर सुरक्षित रहेको र घटना बारेमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना अनुसन्धान गरिरहेको छ । निकुञ्जमा पछिल्लो गणना अनुसार ६ सय ५ वटा गैडा रहेका छन्