बाटुली पोखरीमा बाघको आक्रमणबाट एकको मृत्यु

चितवनः पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षिय वावुराम महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रबक्ता सूर्य बहादुर थापाका अनुसार उनलाई आज दिउँसो ३ वजेको सममयमा बाघले आक्रमण गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बाटुली पोखरी सामुदायीक वनमा घाँस काट्न गएको समयमा महत्तोलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको प्रहरीले जनाएको छ । घटना स्थलबाट २ किलोमिटर पश्चिम जंगलमा उनको टाउको र खुट्टा भेटिएको उहाँले जानकारी दिनुभयो ।

घटना भएको जानकारी पाए पछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोलि हात्ति सहित घटना स्थलमा पुगेका छन् ।