बोस्टन आइटी क्लबले ३ दिने निशुल्क तालिम दिने

चितवन: बोस्टन इन्टरनेशनल कलेज अन्तर्गत बोस्टन सेन्टर फर आइटी क्लबको आयोजनामा ३ दिने आइटी सम्बन्धी तालिम संचालन हुने भएको छ । आगामी असोज ३ गतेदेखि ३ दिनसम्म तालिम चल्ने क्लबका अध्यक्ष मनिष कंडेलले जानकारी दिए ।
वेव डिजाइन, डिजिटल मार्केटिङ, आधारभुत एप्लीकेसन डेभलपमेन्ट ट्रेडिङ, साइबर सुरक्षा तालिम, माइक्रोसफ्ट अफिस र ग्राफिक्स डिजाइन मध्ये फारमको आधारमा एउटा तालीम २ दिनसम्म संचालन हुनेछ ।
दुई दिनसम्म तालीम सञ्चालनपछि १ दिन प्रतिस्पर्धा हुनेछ जसलाइ सिक्दै,गर्दै जित्दै लर्न एक्ट विनू नाम दिइएको छ । प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतियलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार सहित प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । तालिमको लागि प्लस टु का र बोस्टन ईन्टरनेशनल कलेज विधार्थीहरुले फारम भर्न पाउनेछन।