उद्यमी गित सार्वजनिक(भिडियो सहित)

चितवन : संगीतकार चक्रपाणि तिमल्सिनाले आफ्नो युट्युब च्यालन मार्फतउद्यमी गितको लिरिकल भिडियो सार्वजनिक गरेका छन्। सफल युवा उद्यमी गणेशप्रसाद लाठको शब्द रहेको ‘म उद्यमी’ बोलको गितमा संगीत तथा स्वर दुवै तिमल्सिनाले भरेका छन् ।

संगीत संयोजन कुमार थापाले गरेका हुन् । संगम डिजिटल स्टुडियोमा रेकडिङ्गगरिएको गीतका रेकर्डिस्ट, ध्वनी सम्पादकतथा मास्टरिङ कर्ता मित्र लामा हुन् । भिडियो सम्पादन रवी लामाले गरेका हुन्।