राजेन्द्रको ‘मुना’ सार्वजनिक

काठमाडाैं : गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ।

गीत एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा राज खुम्बु र सुजाता वर्माको स्वर रहेको छ भने राजेन्द्रले र्‍याप भरेका छन्।

नवराज कलौनीको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ। गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तिमा खड्का र मोडल रियाशा दाहाललगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ।