चितवन भरतपुरको निषेधाज्ञाको दोश्रो दिन, यस्तो देखियो फोटोमा !

 

चितवन : स्थानीय प्रशासनले शुक्रबारराति १२ बजेदेखि लागू हुनेगरि भरतपुर महानगरपालिका भित्र निषेधाज्ञा जारी गरेपछि यहाँको जनजीवन प्रभावित भएको छ । निषेधाज्ञाको समयमा यहाँका उद्योग, कलकारखाना, बजार तथा यातायात न्यून मात्रामा सञ्चालनमा रहेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।    

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । एकाएक कोरोना संक्रमितको संख्या बढेपछि चितवनको भरतपुर महानगर क्षेत्रमा हिजोदेखि एक सातासम्म निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको आज दोश्रो दिन । पूर्वीमा गोन्द्रगंदेखि चौविसकोठी, सहिदचोक, पुल्चोक, आँपटारीमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निषेधाज्ञाले नारायणगढ–भुरतपुरको सार्वजनिक जनजीवन ठप्प छ । बजार पूरै बन्द छ भने कोही पनि आफ्नो घरबाट बाहिर निस्किएका छैनन् । सडक सुनसान छ । सडकमा सुरक्षाकर्मीको उपस्थिति देखिन्छ । सुरक्षाकर्मीहरु तीन तहकै देखिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली सडकमा देखिन्छन् ।