माछा मार्न जांदा करेन्ट लागि राप्तीमा युवकको मृत्यु

चितवन : माछा मार्ने क्रममा चितवनमा करेन्ट लागेर एक यूवकको मृत्यु भएको छ । इच्छाकामना ३ सिउरेनीका २५ बर्षिय रवि गुरूङको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । राप्ती नगरापलिका ९ स्थित ससुराली घरमा रहेका उनको आज साँझ चेत्राङ खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई घाइते पश्चात चितवन मेडिकल कलेज पु¥याउदाँ डाक्टरले मृत घोषण गरिएको हो । उनको शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको चिवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरूङले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको एसप गुरूङले जानकारी दिनुभयो ।प्रहरीका अनुसार मृतक गुरुङसंगै पाँचजना माछा मार्न गएका थिए ।

.