केरुङ्गेखोलाबाट १ थान खुकुरी सहित ३ जना पक्राउ

नवलपुरः पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेको केरुङ्गे खोलाबाट गएराति सुरक्षानिकायले एक थान खुकुरी सहित ३ जनालाई पक्राउ गरेको छ ।
पछिल्लो समय नवलपुरमा नदी र खोलाबाट नदीजन्य वस्तुको चोरी निकासी व्यापक बढेपछि प्रहरी तथा सुरक्षा निकायले निगरानी बढाएको छ । सोही क्रममा गएराति १२ बजेतिर कावासोतीको केरुङ्गे खोलाबाट डिभिजन वन कार्यालय कावासोती र सशस्त्र प्रहरी चोरमाराको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।  प्रहरीले उनीहरुको साथबाट एक थान खुकुरी, लु १ च ५१६९ नम्बरको ट्याक्टर, लु ३६ प ३७०१ नम्बरको स्कुटी, ना ४१ प ६९४६ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
वन कार्यालय र सशस्त्र प्रहरीको टोलीले एक थान खुकुरी सहित कावासोती ३ निवासी ३१ बर्षीय खरनारायण महतो, ३० बर्षीय सुरज श्रेष्ठ र कावासाती ९ निवासी २९ बर्षीय दिलीप महतोलाई पक्राउ गरेको हो । उनीहरुलाई अहिले डिभिजन वन कार्यालय कावासोतीमा राखिएको छ।