प्रधानमन्त्रीद्वय ओली–मोदी संवाद

काठमाडौं: प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच संवाद भएको छ । प्रधानमन्त्री ओलीले भरतीय समकक्षी मोदीसँग शनिबार टेलिफोनबाट संवाद गर्नुभएको हो ।

उहाहरुबीच टेलिफोन संवाद भएको प्रधानमन्त्रीमका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि दुई मुलुकको कार्यकारीबीच संवाद भएको यो पहिलो पटक हो ।