भरतपुरको पुष्पाञ्जली अस्पतालमा कोरोना संक्रमितको उपचार हुदैँ

चितवन :  भरतपुर स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत एक पुरुषमा  कोरोना संक्रमण पुष्टि भएपछि संघन उपचार कक्ष (आइसयू )सिल गरिएको छ । संक्रमित उपचार सुरु गरेको छ । सोही सघन उपचार कक्षमा उपचारको क्रममा रत्ननगर ९ निवासी ६१ वर्षका पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यही साउन २७ गते स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका ती पुरूषलाई शुक्रबार आएको रिपोर्टले कोरोना संक्रमण पुष्टि गरेपछि हाल सोही अस्पतालको आइसियूमा राखेर उपचार गराइरहेको अस्पतालले जनाएको छ।

दुईवटै फोक्सोमा ‘भाइरल निमोनिया’ देखिएका भनिएका ती पुरूषको अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ। तर, भेन्टिलेटरको आवश्यकता भने नदेखिएको अस्पतालले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको निर्देशानुसार कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई सोही अस्पतालमा राख्ने र हब अस्पताल कोरोना संक्रमितको उपचार गर्ने मुख्य अस्पताल सँग समन्वय गरी उपचार गराउनुपर्ने भएकोले हाल पुष्पाञ्जली अस्पतालमै उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ।

अस्पतालले आइसियू सिल भए पनि बहिरंग (ओपिडीं)सेवा भने स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै सुरक्षित तरिकाले सेवा प्रवाह भइरहेको जनाएको छ ।