भरतपुर क्षेत्रको निषेधाज्ञा सफल बनाउन सेना परिचालन (फोटोफिचर)

चितवन : एकाएक कोरोना संक्रमितको संख्या बढेपछि चितवनको भरतपुर महानगर क्षेत्रमा आजदेखि एक सातासम्म निषेधाज्ञा सुरु भएको छ ।

भरतपुरको निषेधाज्ञापछि जनजीवन ठप्प

भरतपुरको निषेधाज्ञापछि जनजीवन ठप्प #bharatpur

Gepostet von Sauraha online am Freitag, 14. August 2020

पूर्वीमा गोन्द्रगंदेखि चौविसकोठी, सहिदचोक, पुल्चोक, आँपटारीमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने पहिलो पटक कोरोना नियन्त्रणका प्रहरीसगैँ नेपाली सेना समेत भरतपुरको चोकचोकमा देखिए ।

निषेधाज्ञाले नारायणगढ–भुरतपुरको सार्वजनिक जनजीवन ठप्प छ । बजार पूरै बन्द छ भने कोही पनि आफ्नो घरबाट बाहिर निस्किएका छैनन् । सडक सुनसान छ । सडकमा सुरक्षाकर्मीको उपस्थिति देखिन्छ ।

सुरक्षाकर्मीहरु तीन तहकै देखिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली सडकमा देखिन्छन् । हेरौँ ठप्प भरतपुरको केहि फोटा : अर्जुन चापागाई/सौराहा अनलाईन