गृहमन्त्री बादलको एक्सन : बाढी पीडितहरुको उद्धार र राहत वितरणमा आफै फिल्डमा

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई राहत तथा उद्धारको सहयोगमा कुनै कसर बाँकी नराख्ने वताएका छन्।

गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल गाउपालिका-२, लिदीमा आज बिहान गएको पहिरोबाट विस्थापित परिवारका लागि आवश्यक राहत तथा उद्धार सामाग्री लिएर सो गाउँमा पुगेका छन् ।

गृहमन्त्री थापाले घटनामा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा तिव्रता दिन र पीडितहरुको लागि बस्ती स्थानान्तरण गरि उपयुक्त स्थानमा बसोबासको लागि प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

तस्बिरहरु: किरण भट्टराई