थप दुई जनामा कोरोना संक्रमण चितवनमा पुष्टि

चितवन : चितवनमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा आज (शुक्रबार) गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकाकी ३३ बर्षीया महिला र रत्ननगर नगरपालिकाका ६१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघी आज दिउँसो पनि ६ जनामा कोरोना देखिएको थियो । यससँगै चितवनमा आज मात्र कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ पुगेको छ ।