काँग्रेस देउवाबाट चल्दैन ! चितवनमा देउवा गुट क्लिन स्विप पनि हुनसक्छ : युवा नेता नविन

 

चितवन : नेपाली कांग्रेसमा आगामी महाधिवेशनको तयारी अहिले तीव्र रुपमा अघि बढेको देखिन्छ ।  क्रियाशील सदस्यता वितरण र नवीकरणको काम देशैभरी जारी छ । सभापति शेरबहादुर देउवाले कार्यकालको उत्तरार्धमा विभाग विस्तार गर्दैछन् । विभाग विस्तारलाई मान्यता नदिने संस्थापन इतर समूहको भनाई छ । यतिबेला विभाग विस्तार गर्नु भनेको निर्वाचनमा प्रभाव पार्नु भएको संस्थापन इतर समूहको ठहर छ ।
अहिले नेतृत्वकै कारण काँग्रेस अप्ठेरोमा रहेको र नेतृत्वले निर्वाचन प्रभाव पर्ने गरी काम गरेकोले आफूहरुले मान्यता नदिने संस्थापन इतर समूहको ठहर छ । यता चितवन काँग्रेस पनि छिन्न भिन्न देखिन्छ जहिले पनि चर्चामा रहने चितवन अहिले भने कम्युनिष्तसँग र राप्रपासँगको गठबन्धनले पछी परेको पुराना काँग्रेसी को बुझाई छ ।
यिनै विषयमा भर्खरै चितवन काँग्रेसमा मनोनित जिल्ला सदस्य नविन राज पौडेलसँग कुराकानी गरेका छौ ” प्रस्तुत छ, कांग्रेस महाधिवेशनमा केन्द्रित रहेर पौडेलसँग गरेको कुराकानी :

नेपाली काँग्रेसलाई महाधिवेशन लागेको हो ?
नेपाली काँग्रेसको महाधिवेशन एक हिसाबले सुरू भयो । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु भएको छ । अब महाधिवेशनको प्रारम्भ हो ।

फागुनमा काँग्रेसको महाधिवेशन हुने सम्भावना कत्तिको छ ?
फागुनमा गर्नुपर्छ भन्ने प्रतिवद्धता हामी सबैको छ । केन्द्रिय सभापतिको पनि छ । फागुनमा सम्पन्न गर्न कार्यतालिका बनाइएको छ । तीन तहको संरचना अनुरुप अन्तरिम संरचना तयार गर्नुप¥यो । करिब करिब तयारी सम्पन्न हुन लागेको छ ।

काँग्रेस अब माष्डबेष्ड पार्टी हुन लाग्यो भन्ने आरोप छ नि ?
कांग्रेस माष्डबेष्ड पार्टी नै हो तर अलिकति कार्यकर्ता सेलेक्टेड थिए पहिला । अहिले क्रियाशील सदस्य भनेको जस्तै पार्टीको प्रतिनिधि हो जुन धेरै आउँदैछन् ।

क्याडरबेष्ड पार्टी भनेर चिनिन्थ्यो होइन र ?
काँग्रेसमा अब धेरै पदाधिकारी पनि हुन्छन् । यो तहगत बृद्धि भएको छ । त्यसैले पार्टी माष्डबेष्ड नै हो ।

क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्ष हावी हुन यो नियम आएको, एकलौटी गर्न खोज्यो भन्ने कुरा उठेको छ । यो सही हो कि गलत ?
कुरा सत्य हो । अहिले पदाधिकारीले नै गल्ती गरेको पाइएको छ । किनभने आफ्नो पक्षमा जिल्लामा पकड छैन भने त्यहाँ अवरोध गर्ने काम भएको छ । जबर्जस्ती क्रियाशिल बढाउने आफू अनुरुपको नभए चुनाव नगर्ने योजना देखिन्छ ।

भने पछि केन्द्रिय सभापतिले पदको दुरुपयोग गर्नुभएको हो, उहाँको विरोधमा तपाई यसरी बुझने ?
सभापति (शेरबहादुर देउवा) ले पदको चरम् दुरुपयोग गर्नुभयो । यती कि अहिले आएर अनियमित र अवैधानिक धेरै कामहरु भैरहेको छ । सत्य कुरा सबमा जगजायर छ । हेर्नुहोस्, मैले सभापतिको विरोध होईन् कि उहाँले आफै विरोध गर्ने वातावरण बनाउनु भएको छ । आचारसंहिता लागिसकेको छ उहा त्यसको विरुद्धमा हुनुहुन्छ । उहाँले विधिविधान मिचेर लोकतान्त्रिक पार्टीको उपहास भएको छ ।

नेतृत्वको होडबाजी छ । देउवाको विकल्प नखोजी नहुने हो ?
अहिले पार्टी देशैभरी प्रतिपक्षको भूमिकामा छ । तर सबै तिर कमजोर छ । देउवा सभापति हुँदा पार्टी सबैभन्दा सानो बन्यो अनि सबै चुनावमा पराजय हुँदा नैतिकता भएको सभापतिले राजिनामा दिनुपथ्या,े त्यो हुनसकेन त्यती मात्र होइन सत्तासँग राम्रो उठ् बस् छ हाम्रो सभापतिको त्यसैले सत्ताधारी पनि उहाँकै निरन्तरता चाहन्छन भन्ने सुनिन्छ यद्यपी देशैभरी कार्यकर्ता रुष्ठ छन् ।
पार्टी बिग्रिएको छ । त्यसैले यो पटक उहाकै कार्यशैलीले उहाँको विकल्प खोजेको हो ।

अहिले को अवस्थामा धेरै आंकाक्षी छन्, सस्थापन इतर पक्षको एउटा उम्मेदवारी हुने सम्भावना के छ ?
अहिलेसम्म सबै प्रचारमा हुनुहुन्छ । कोसले कोसलाई नेता मान्ने वा, को सभापति हुने पछीको कुरा हो । को निर्वाचनमा सभापतिलड्ने भन्ने त मनोनयन दर्ता गर्ने बेलामा हुन्छ । इच्छा धेरैको हुन सक्छ । को उमेदवार हुन्छ भन्ने मनोनयन गरेपछि थाहा हुन्छ । जसको नाममा सहमति हुन्छ त्यही सभापतिको उम्मेद्वार हुन्छ, जस्तो लाग्छ ।

तपाईंको पनि चितवन काँग्रेसमा चर्चा छ के मा उम्मेद्वार हुनुहुन्छ ?
म भर्खरै पार्टीको पोलिटिक्समा आएको छु, धेरै वर्षको प्रचार विभाग र संचार समन्वयमा काम गरियो अब जिल्ला भरिका साथीभाईको चाहना बुझेर जिल्ला समितिको पदाधिकारी बन्ने प्रयासमा छु ।

चितवन काँग्रेसको सभापतिको होला ?
धेरै साथीहरु मैदानमा हुनुहुन्छ, यो वा त्यो होइन पार्टी, एकाकार गरी आगामी चुनाव हाँक्न सक्ने पार्टीलाई जिताउन कटिबद्ध एक जना कोही पनि पक्कै सभापति हुनुहुन्छ ।

त्यो व्यक्ती को होला ?
यही भन्ने छैन तर धेरै साथीहरु आकंक्षी हुनुहुन्छ, एउटा कुरा निश्चित के छ भने चितवनमा सस्थापन कम्जोर छ त्यस्मा पनि वर्तमान केन्द्रिय सभापतिले कहिले हसिया हतौडा त कहिले हलोमा भोट् हाल्न भनेर आम कार्यकर्ता निराश छन् सस्थापन ईत्तर एक भए भने चितवनमा देउवा गुट क्लिन स्विप पनि हुन सक्छ ।