पहिरोले सिन्धुपालचोकमा २१ घर पुरिए, थप विवरण आउन बाँकी

सिन्धुपाल्चोक :  जिल्लाको जुगल गाउँपालिका २ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छ। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिले नै यति पुरिए भन्न सकिने अवस्था छैन, खोजी र उद्दार जारी छ।’ उनले खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको बताए। लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए। ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको अध्यक्ष लामाले बताए। यस्तै प्रहरी टोली घटनास्थल जाँदै गरेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता माधव काफ्लेले जानकारी दिए। यसबारे थप विवरण आउन बाँकी रहेको छ। अहिले सम्म के कती क्षती पुग्यो घटना स्थल पुगेर मात्र थाहा हुने उनले बताए ।