गलत समाचार प्रसारण गरेको भन्दै माउन्टेन टेलिभिजन प्रेस काउन्सिलको कालो सूचीमा

काठमाडौं । झुठा समाचार प्रसारण गरेको अभियोगमा माउन्टेन टेलिभिजन कालो सूचीमा परेको छ । प्रेस काउन्सिल नेपालले उक्त टेलिभिजनलाई कालोसूचीमा राखेको हो ।

पूर्वप्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराईको चरित्र हत्या हुने गरी झुठा समाचार प्रसारण गरेको तथा प्रेस काउन्सिल नेपालले बारम्बार सजग भएर समाचार प्रसारण गर्न निर्देशन दिए पनि काउन्सिलको उक्त निर्देशनलाई अवज्ञा गरेर झुठा  विवरण पेस गरेपछि उक्त टेलिभिजनलाई कालो सूचीमा राखेको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

जानकारी अनुसार काउन्सिलले डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेको तर्फबाट गत साउन २ गते दर्ता भएको उजुरी र सो उजुरीको आधारमा प्रसारण गरिएका सामाग्री अनुगमन गर्ने क्रममा तथ्यगत पुष्टिबिनै अशिष्ट तथा अमर्यादित रुपमा सार्वजनिक शिष्टाचार र व्यक्तिको मर्यादामा प्रतिकूल असर पर्ने गरी सम्प्रेषित सो सामग्री पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) प्रतिकूल सामाग्री के, कसरी सम्प्रेषण हुन गएको हो ? भनी स्पष्टीकरण सोधेको थियो ।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै फेरि उजुरीकर्ताले लिखित प्रतिक्रिया पेश गरेका थिए । त्यसपछि पनि काउन्सिलले बारम्बार स्पष्टीकरण पेश गर्न निर्देशन दिएको जनाएको छ । तर, माउन्टेन टेलिभिजनले त्यसको पनि अवज्ञा गरेपछि काउन्सिलले २४ घण्टाभित्र क्षमायाचना सन्देश प्रसारण गर्न पुनः निर्देशन दिएको जनाएको छ ।

प्रेस काउन्सिलको पत्र: