चितवनका १२ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन : चितवनमा आज (विहिवार) साँझ भएको कोरोना परिक्षणमा चितवनका १२ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा न.२, ४, ७ र १० नम्बरका ८ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रत्ननगर नगरपालिका–१३ का ६३ वर्षीय पुरुष, खैरहनी–८ का २३ वर्षीय पुरुष र राप्ती नगरपालिका–९ की ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुरका २८ वर्षीय पुरुष, मकवानपुरका २२ वर्षीया महिला, तनहुँकी २२ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।