रत्ननगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण

चितवन : चितवनको रत्ननगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा आज (बुधबार) गरिएको परीक्षणमा अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार भरतपुर ७ घर भई हाल रत्ननगर अस्पतालमा कार्यरत ३९ बर्षीय चिकित्सकमा कोरोना देखिएको हो ।