सशस्त्र प्रहरी गढीमाई बाहिनीका ६ जनामा कोरोना पृष्टि

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा रहेको सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय¸ चितवनका ६ जनाप्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित ६ जना नै गढिमाई बाहिनीका सशस्त्र प्रहरीहरु भएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिर्इन् । बरालका अनुसार सशस्त्रको विओपीका १४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि प्रयोगशालामा ल्याइएको थियो । जसमध्ये आज ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । उनिहरुमा केही दिन अघी ज्वरो आउने समस्या भएपछि नगरपालिकाको पहल स्वाब संकलन गरी परीक्षणको लागि ल्याइएको बरालले बताईन् ।ू