चितवनमा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन : जिल्लामा बुधबार साँझ थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा राप्ती नगरपालिका वडा नं६ का मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा २० देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमै रहेको अस्पतालले जनएको छ ।

यस्तै भरतपुर महानगरपालिका–७ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगर अस्पतालबाट स्वाब परीक्षण गराएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज कुल २०३ वटा नमुना परीक्षण गरिएको थियो ।