देवघाटका दुई जनामा कोरोना पुष्टि

चितवन  :  भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षेणमा तनहूँको दुई जनामा कोरोना पुष्टि भएको छ ।देवघाट गाउँपालिकाका तनहूँको  ५४ र ३० वर्षका दुई पुरुषलाई कोरोना पुष्टि भएको हो ।संक्रमित दुबै जना समुदायका व्यक्ति रहेका छन् । ५४ वर्षीय पुरुष देवघाटमै रहेका थिए भने ३० वर्षीय हालै मात्र काठमाडौंबाट आएका थिए । उनीहरुको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने देवघाट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रदिप बुढाथोकीले बताएका छन् ।
कोरोना संक्रमित भएका मध्ये एक देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले सामाजिक सन्जाल मार्फत आफुलाई कोरोना पुष्टि भएको बताएका छन् । पौडेलले बुधबार विहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो पिसिआर पोजेटिभ रिर्पोट आएको बताएका छन् ।  अध्यक्ष पौडेले ७/८ दिन अगाडी स्वाव संकलन भएको र बुधबार विहान मात्र रिर्पोट आएको बताएका छन् ।आफु देवघाट छोडेर कतै टाढा नगएको तर विभिन्न बैठक र छलफलमा भने सहभागी हुँदै आएको पौडेलले बताए । कोरोना पोजेटिभको रिर्पोट आएपनि आफुमा अहिलेसम्म कुनै लक्षण नदेखिएको पौडेलले बताए । अहिलेसम्म आफुलाई कसैले आईसोलेसनमा जाने बारेमा सम्पर्क नगरेको हुँदा घरकै कोठामा सुरक्षितसाथ बसेको पौडेलले बताएका छन् ।देवघाटमा समुदायमा कोरोना संक्रमणको पुष्टि भएपछि सबै नागरिकलाई सुरक्षित भएर बस्न अध्यक्ष पौडेलले अपिल गरेका छन् । देवघाट क्षेत्रमा कोरोना संक्रमण हुन सक्ने सम्भावना रहेको हुँदा देवघाट क्षेत्र विकास समितिको पहलमा केही दिन अघि मात्र देवघाट क्षेत्रमा सार्वजानिक यातयात, बैंक तथा वित्तिय संस्था र होटलहरु बन्द गराउने सम्बन्धि निर्णय भएको थियो ।