बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्म सदरमुकाम क्षेत्र निषेधाज्ञा

काठ्माडौं : एक जना कोरोना संक्रमितको मृत्यु भएपछि धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा निषेधाज्ञा जारी गरिएको छ ।

बुधबार ललितपुरको ह्याम्स अस्पतालमा धादिङ धुवाँकोटका एक जना पुरुषको मृत्यु भएको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार कोरोना संक्रमितको मृत्यु भएपछि बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

‘कालुपाण्डे राजमार्गको आसपासका क्षेत्र र सदरमुकाम धादिङबेसीमा ३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ’ ढुंगानाले भने ‘उनले नियमित गाडी चलाउँदै आएको पाइएको छ । उनलाई कुनै संकेत नदेखिएको भए पनि कोरोना पुष्टि  भएको छ ।’