बर्दघाटमा बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखियो

बिकास अधिकारी, बर्दघाट : पश्चिम नवलपरासीको बर्दघाट स्थीत जिमिरेभारमा रहेको लक्ष्मी बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालीका वडा नम्बर १ घर भएका ति पुरुषमा बुटवलमै स्वाब संकलन गरि परिक्षण गर्दा पोजेटिभ देखिएको बर्दघाट नगरपालीकाका नगर प्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

उनि बुटवलाट बैंक आउजाउ गरिरहेका थिए । तर गत शुक्रबार देखि भने कार्यालय नआएको बताईएको छ । शंका लागेपछि उनले आफै कोरोना परिक्षण गराएका थिए । बैंककै कर्मचारीमा कोरोना देखिएपछि के गर्ने भन्ने बारे छलफलमा रहेको नगर प्रमुख बस्यालले बताउनुभयो ।