सुनको मूल्य फेरी घट्याे

काठमाडाैं : बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । सुन सोमबारभन्दा ८ सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन सोमबार एक लाख एक हजार ६ सयमा किनबेच भइरहेको छ ।

छापावाल सुन सस्तो बन्दा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै घटेर तोलाको एक लाख एक हजार एक सय रुपैयाँ कायम भएको छ । निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ । आइतबार तोलाको ९ सयले घटेको सुनको मूल्य सोमबार दुई सय रुपैयाँले ओर्लिएको थियो ।

चाँदीको मूल्यले भने मंगलबार पुन: कीर्तिमान कायम गरेको छ । चाँदी अहिलेसम्मकै महँगो भएको हो । चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर १३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।