चितवनका तीन जना सहित १३ जनामा कोरोना पुष्टि

चितवनः भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणका क्रममा चितवनका तीन जना सहित १३ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशाला प्रमुख नीतु अधिकारीका अनुसार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ र ८ का रहेका छन् । पुरुष दुई जना र महिला एक जनामा कोरोना देखिएको हो ।
यस्तै रुपन्देहीका १० जनामा कोरोना देखिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार वुटवल र भैरहवाका रहेका छन् । उनीहरु मध्ये दुई जना महिला र ८ जना पुरुष रहेका छन् ।
चितवनमा कोरोना पुष्टि भएकाहरुमा सबै क्वारेनटिनका रहेका छन् । प्रयोगशालाले आज २ सय ५० जनाको नमुना परिक्षण गरेको थियो ।