गोरखा प्रहरीद्वारा नौ फरार प्रतिवादीहरु पक्राउ

गोरखा :  जिल्ला प्रहरी कार्यालय गोरखाको फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यन्वयनलाई तीब्रता दिएका छन् । सो अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला अदालतले १ महिना कैद सजाय र रु.१,०००। (एक हजार) जरिवाना तोकिएका फरार प्रतिवादी गोरखा,बारपाक सुलिकोट गा.पा. वडा नं.३ बस्ने बर्ष ३४ मिन बहादुर तामाङलाई गोरखा नगरपालिका वडा नं ६ बाट आज सोमबार पक्राउ गरेका हुन् । उनलाई कैद जरिवाना असुल उपरको लागि जिल्ला अदालत गोरखामा पेश गरिएको छ ।
हाल सम्म यस आ.ब.०७७/०७८ मा ९ जना फरार प्रतिवादीहरुहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको ।