नवलपरासीमा ३ मोटरसाइकल सहित ७ लाख २४ हजारकाे अवैध चल्ला सहित मालसमान बरामद

 

संजय कुशवाहा / जितेन्द्र गुप्ता. महेसपुर :  पश्चिम नवलपरासीमा ५ लाख ३९ हजार ६ सय मुल्य बराबरको २ थान मोटरसाइकल सहित अवैध कुखुराका चल्ला बरामद भएकाे छ ।

पाल्हीनन्दन गाउँपालिका वडा न.६ राजाबारी सोमबार विहान भारतबाट अवैध रूपमा युपी ५६ यल ०५७५ र युपी ५६ डी २४४८ नम्बरको भारतीय मोटरसाइकलमा राखी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा करिब ३९ हजार ६ सय मुल्य बराबरको ४४ गोट बोइलर कुखुरा र ४ लाखकाे चल्ला सशस्त्र प्रहरीले बरामद गरि नषट गरेकाे हाे । शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर बेलासपुरबाट गस्तीमा खटिएकाे प्रहरी टाेलीले उक्त अवैध कुखुरा र चल्ला बरामद गरि नषट गरकाे गणले जनाएकाे छ ।

स्थानिय तस्करहरूले भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको ४ लाख मुल्य बराबरको ५५ कार्टुन ५ सय गोटा कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल न: २६ गण का सशस्त्र प्रहरी निरीक्षक जनकजन भन्डारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेकाे थियाे ।

नियन्त्रणमा लिइएको २ थान भारतीय मोटरसाइकल आवस्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको बरामद बोइलर कुखुरा र चल्ला स्थानिय बासिन्दा, पत्रकार, सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल न. २६ गणले जानकारी दिएको छ ।

त्यस्तै नेपाल प्रहरीले पनि एक भारतीय माेटरसाइकल सहित १ लाख ८५ हजार मुल्य बराबरकाे विभिन्न सर समान बरामद गरि अाश्यक कार्वाहीकाे लागि महेसपुर भन्सार कार्यालय पठाइएकाे प्रहरीले जनाएकाे छ ।