विधार्थी नेता भण्डारीमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न अनेरास्ववियू माग

चितवन : चितवनको रत्ननगरमा आईतवार साँझ भएको घटनाको सन्दर्भमा सत्तारुढ दल नेकपाको विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन चितवनले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
जिल्ला समितिले सोमवार एक विज्ञप्ति निकालेर दोषिलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन माग समेत गरेछ । अनेरास्ववियूका केन्द्रिय सदस्य सरोज ध्वज भण्डारीमाथि आईतवार रत्ननगरको शान्तिचोक नजिक अपरिचित समुहवाट आक्रमण भएको थियो । आक्रमणवाट भण्डारी घाईते हुनुभएको छ