कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ पछिल्लो विवरण

काठमाडौं : नेपालमा बितेको २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा मात्र थप १ सय ४० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । हालसम्म १६ हजार ४ सय ९३ जना कोरोना उपचारपछि निको भएको प्रवक्ता गौतमले बताए । हालसम्म ७० दशमलव ७ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै हाल नेपालमा ६ हजार ७ सय ३८ जना संक्रमित विभिन्न अस्पतलाका आइसोलेसनमा उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा नेपालमा विभिन्न प्रयोगशालाबाट ८ हजार ४ सय ३२ गरि हालसम्म ४ लाख ५२ हजार २ सय ३६ परीक्षणहरु भएका छन् । हाल नेपालमा १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै हालसम्म ५ सय ५४ जना कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा रहेका छन् ।

 

कुन जिल्लामा कति थपिए संक्रमित ?

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, खोटाङका २ जना, मोरङ १४ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा धनुषाका १३ जना र महोत्तरीका ३ जना

नारायणी अस्पताल, बीरगंजमा गरिएको परीक्षणमा बाराका १ जना,  पर्साका २१ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, ललितपुरका १ जना, नुवाकोटका ३ जना, रौतहटका १९ जना, सर्लाहीका २१ जना, सिन्धुपाल्चोकका १ जना

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा गरिएको परीक्षणमा मोरङका १ जना, काठमाडौंका ६ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका २३ जना, नुवाकोटका १ जना, रौतहटका १२ जना, सिन्धुलीका ६ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १ जना, अर्घाखाँचीका १ जना, बाग्लुंगका १ जना, बाँकेका १ जना, बर्दियाका १ जना, भक्तपुरका १ जना, चितवनका १ जना, दाङका १ जना, गोरखाका ३ जना, कपिलवस्तुका १ जना, काठमाडौँका ८ जना, ललितपुरका १ जना, पाल्पाका १ जना, रामेछापका १ जना

स्टार अस्पताल प्रयोगशाला सानेपामा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका ८ जना, ललितपुरका २ जना, पर्साका १ जना

बिध ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १ जना

ह्याम्स हस्पिटलमा गरिएको परीक्षणमा काठमाडौंका १ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, पर्बतका १ जना, स्याङ्जाका १ जना, तनहुँका २ जना, नवलपरासीका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा प्युठानका १५ जना, रुपन्देहीका १ जना

भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ६२ जना, बर्दियाका १ जना, दाङका ४ जना, कैलालीका २ जना, सल्यानका १ जना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रोल्पाका १ जना

सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सल्यानका ६ जना, सुर्खेतका १ जना

दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७ जना

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १ जना

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बझाङका १ जना कैलालीका ५ जना

 

कोरोनाको कारण काठमाडौंको २ सहित ४ जनाको मृत्यु

नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २ जना साथै बाँके र पर्साका एक/एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाको कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

मृत्यु हुनेमा को कहाँका ?

काठमाडौं जिल्ला कामनपा १०, मध्य बानेश्वर वस्ने ७६ वर्षिय एक पुरुष को मिति २०७७ साउन २६ गते विहान १०ः१५ बजे मेडिकेयर अस्पतालमा निधन भएको छ । श्वास प्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भई साउन २३ गते राती १०स्१५ बजे भेन्टीलेटरमा राखी आइ सियुमा उपचाररत रहेका छन्। निजमा निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको समस्या रहेको थियो। निजको गत साउन २४ गते स्वाव संकलन गरी परिक्षण गर्दा आज साउन २६ गते कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्ला किर्तिपुर नपा ट्याडलाफांट वस्ने ६४ वर्षिय एक पुरुषको मिति २०७७ साउन २६ गते विहान ५स्४२ वजे मेडिसिटी अस्पतालमा निधन भएको छ । मृगौलाका दीर्घरोगी निज मिति २०७७ आषाढ ३१ गते निमोनिया तथा सेप्टीक सक भई अस्पताल भर्ना हुनु भएको थियो । निजको गत साउन ५ गते कोरोना पुष्टी भएको ।

त्यस्तै जिल्ला बांके कोहलपुर नगरपालिका वडा नं २ वस्ने ७० वर्षिया एक महिलाको नेपालगंज मेडिकल कलेज, कोहलपुरमा मिति २०७७ साउन २५ गते दिउंसो ३ः१० बजे निधन भएको छ । उच्च रक्तचाप तथा पारालाइसिसकी विरामी निज निमोनियां तथा सेप्टीक सक भई गत साउन २३ गते नेपालगंज मेडिकल कलेजमा भर्ना भएकी र सोही दिन स्वाव नमुना संकलन गरी भेरी अस्पताल नेपालगंजमा परिक्षण गर्दा साउन २५ गते सांझ बजे कोरोना पुष्टी भएको ।

पर्सा जिल्ला वेदियाही गाउँपालिका वडा नं १५ वस्ने वर्ष ४५ की एक महिलाको मिति २०७७ साउन २५ गते विहान ४ बजे नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा निधन भएको छ । उच्च रक्तचाप तथा हाइपोथाइराडिजमकी विरामी निजमा श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएको हो । मृत्यु पश्चात साउन २५ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा कोराना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

किष्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

किष्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको हो।

काभ्रे घर भएकी ती महिलाको आज भर्खर मात्र पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंका २ सहित ४ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले भने आधिकारीक रुपमा जानकारी दिन बाँकी रहेको छ ।

 

उपत्यकाका कुन जिल्लामा कति थपिए संक्रमित ? 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उपत्यकामा थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेहरुमा काठमाडौंका २ जना रहेका छन् । काठमाण्डौ जिल्ला का. म. न. पा. १०, मध्य बानेश्वर बस्ने ७६ वर्षीय एक पुरुष र अर्का काठमाडौं जिल्ला किर्तिपुर न. पा. ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय एक पुरुष रहेका छन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा भने काठमाडौंका ३६ जना, ललितपुरका ४ जना, र भक्तपुरका ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जना र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परक्षिणमा काठमाडौंका ६ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौं ८ जना, ललितपुरका १ जना र भक्तपुरका १ जना, स्टार अस्पताल प्रयोगशाला सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जना, भक्तपुरका तीन जना र ललितपुरका २ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना र ह्याम्स हस्पिटल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जनामा गरि काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

 

५०० भन्दा बढी उपचारार्थ संक्रमितहरू भएका यी ४ जिल्लाहरू

  • पर्सा
  • रौतहट
  • महोत्तरी
  • काठमाडौं

 

यी हुन् कोरोना संक्रमितहरूको शुन्य संख्या भएका ६ जिल्लाहरू

नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

  • धनकुटा
  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला