भरतपुर आँखा अस्पतालले अत्यावश्यक सेवा मात्र दिने

प्रतिमा कुमाल
चितवन भरतपुर आँखा अस्पतालका नेत्र चिकित्सक तथा सुचना अधिकारी रमेश घिमिरेले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताउनुभएको छ । लकडाउन खुले संगै कोरोनाको संक्रमण अत्याधिक बढेको र अस्पतालमा अव्यवहारिक रुपमा विरामीहरु उपचारमा आएको भन्दै अबको शुक्रबारसम्म अत्यावशयक सेवामात्र दिने अस्पताले निर्णय गरेको उहाँले बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “ लकडाउन खुलेसंगै अस्पतालमा दिनको ४ सय भन्दा धेरै बिरामी उपचारका लागी आउन थाले, अस्पताल बिहान ८ देखि साँझ ५ बजे सम्म खुलने भएपनि समय अड्कलेर १० बजे पछि मात्र बिरामी आउने, विमा भएकाहरुले सेवा शुल्क तिर्न नपर्ने हुँदा समस्या नदेखिएकाहरु पनि विना कारण उपचारमा आउने, जिल्लाको ५ वटा स्थानमा अस्पतालको शाखा कार्यालय भएपनि सबै क्षेत्रका बिरामी भरतपुर नै आउन थाले पछि भिड कम गर्न र बिरामी तथा चिकित्सकाको स्वास्थयको ख्याल गरी अत्यावश्यक सेवामात्र प्रवाह गर्न थालेका हौं ।”

नेत्र चिकित्सक घिमिरेले आखाको ८० प्रतिशत काम भरतपुर आँखा अस्पतालको शाखाहरुबाट नै हुने हुँदा आफ्नो नजिकको अस्पतालमा उपचारका लागी जान अनुरोध गर्नुभएको छ । जटिल परिस्थिति भएमा उपचाररत शाखाले भरतपुर रिफर गर्ने र रिफर भएका बिरामीले यहाँ आएर लाईन बस्नु नपर्ने सिधै सेवा प्राप्त गर्ने सक्ने उहाँले बताउनुभयो । भरतपुर आँखा अस्पतालको चनौली, सौराहा, माडी, रत्ननगर, पर्साको चौविसकोठि र कावासोतिमा शाखा कार्यालय रहेको छ ।

यस्तै घिमिरेले अहिले गर्मी र झरीको मौसम भएकाले अस्पतालमा आँखा पाक्ने, आँखामा आसुको मात्रा कम भएका, मासुपलाएका बिरामी धेरै आउने गरेको बताउनु भयो । साथै आँखालाई स्वस्थ राख्न दिनमा ४ देखि ५ पटकसम्म सफा पानीले आँखा सफा गर्ने, टिभि, मोवाईल, ल्याप्टप नजिकबाट वा धेरै हेर्न नहुने उहाँले बताउनुभयो ।

घिमिरेले कोरोनाको यस समयमा घर भित्र मात्र बस्नुपर्दा, नजिकको वस्तुहरु मात्र हेरिरहदा दुरदृष्टी कमजोर हुने भन्दै बिहान बेलुकी घरको छतमा गई टाडा–टाडाको दृष्य अवलोकन गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ ।

kalikatv