इच्छाकामना गापाले बार अनुसार प्रत्येक वडालाई हप्ताको एक दिन सेवा प्रदान गर्ने

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले प्रत्येक वडालाई बार अनुसार हप्ताको एक दिन मात्र सेवा दिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि कोरोना नियन्त्रण समितिको बैठकको निर्णयले अनुसार अत्यावस्यक काम बाहेक एक बार एक वडालाई सेवा दिने भएको हो ।
जसअन्तरगत वडा नम्बर १ र २ का लागि आइतबार, वडा नम्बर ३ का लागि सोमबार, वडा नम्बर ५ का लागि मंगलबार, वडा नम्बर ६ का लागि बुधबार, वडा नम्बर ७ का लागि बिहिबार र वडा नम्बर ४ का लागि शुक्रबार सेवा प्रदान गर्ने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो । अनावश्यक भीडभाड नहुने गरि अनिवार्य मास्क प्रयोग गरि सामाजिक दुरी कायम गरि जनस्वपास्थ्य मापदण्ड पालना गरि गाउँपालिका कार्यालयले सेवा दिने उहाँले बताउनुभयो ।