नारायाणीमा पानीको सतह बढेपछि चितवन र नवलपरासीमा सतर्कता अपनाउन आग्रह

 

चितवन :  नारायणी नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासीका तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउ आग्रह गरिएको छ।

नारायणी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ। नदीको सतह बढ्दो रहेको छ, तर खतरा भन्दा तलै रहेको छ।

दुई जिल्लाको तटीय क्षेत्रमा हुनेहरुले बेलुकासम्म सतर्कता अपनाइ राख्न भनिएको छ।