गोंगबुमा सुटकेसमा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं : काठमाडौंको गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान भएको छ ।एक उच्च प्रहरी अधिकारीका अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

ती अधिकारीले भने, “शवको सनाखत भएको छ । बाँकी अनुसन्धान जारी छ । अहिले विस्तृतमा भन्‍न सकिने अवस्था छैन । छिटै निष्कर्षमा पुग्छौं ।”

हिजो गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।