केहि रोचक प्रसंग

संसार वास्तबमै रोचक तथा अनौठौ छ । सबै कुराहरु हामिले सोचेको जस्तो घटिरहेको पक्कै पनि छैन यहाँ । चाहे प्रकृती होस वा बिज्ञान , मानब होस वा पशु पन्छी , सजिब निर्जिब जे सुकै होस । यस संसारमा सिर्जित हरेक चिज जसको सन्चालनको आफ्नै नियम छ , जो हामिले न कहिल्यै सोचेका थियौ न सोच्न आवश्यक नै ठान्यौ ।
तर आफ्नो दैनिकी जिवन सँग प्रत्यक्ष सरोकार राख्ने यस्ता ज्ञानहरु लिई राख्दा पक्कै पनि जिन्दगीको कुनै क्षणमा काम लाग्न सक्छन ।
ति रोचक कुराहरु यसप्रकार छन् :

१. शार्कको जीवनकालमा करिब ३०,००० दांत झरेर जान्छ ।
२. संखे किरा जो लगातार ३ बर्ष सम्म निदाउन सक्छ ।
३. स्याउ , आरु , बदाम , स्ट्रबेरी , चेरी , यि सबै फलफुलहरु गुलाब बर्ग मा पर्दछन । अचम्म छ होईन रु
४. पानी बिना उँट जती बाँच्न सक्छ, त्यो भन्दा बढी जिराफ बाँच्न सक्दछ ।
५. तपाईंले ख्याल गर्नुभएको छ कि छैन कुन्नी , बिश्व प्रख्यात कला “मोनलिसा” को चित्रमा परेली अर्थात् आँखिभौं नै छैन ।
६. छेपारोले एकैपटक मा आफ्नो दुई आँखले दुई फरक दिशा तर्फ हेर्न सक्छ ।
७. अक्टोपसको ३ वटा मुटु, ९ वटा दिमाख र निलो रगत हुन्छ ।
८. संसारको सबैभन्दा ठुलो रोजगार दाता अमेरिकाको रक्षा मन्त्रालय हो , जहाँ ३० लाख जना रोजगार छन् ।
९. सलाई को आविस्कार हुनु भन्दा १० बर्ष अगाडिनै लाईटर को आविस्कार भैसकेको थियो ।
१०. मह मात्र एक त्यस्तो खाना हो , जो सयौ बर्ष सम्म पनि सड्दैन ।